लाइन भूमिगत गर्न ५ दिन ४/४ घण्टा बिजुली काटिने, कता हुँदैछ विद्युत आपूर्ति अवरुद्ध

बिजमाण्डू
२०८१ बैशाख १५ गते ०७:३९ | Apr 27, 2024
लाइन भूमिगत गर्न ५ दिन ४/४ घण्टा बिजुली काटिने, कता हुँदैछ विद्युत आपूर्ति अवरुद्ध

काठमाडौं। नेपाल विद्युत प्राधिकरण कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युतीय वितरण लाइन भूमिगत गर्ने कामका लगि उपत्यकाका विभिन्न स्थानमा आगामी आइतबारदेखि ५ दिनसम्म दैनिक ४/४ घण्टा बिजुली काटिने भएको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले शनिबार सूचना प्रकाशित गर्दै तालिका सार्वजनिक गरेको हो। विभिन्न फिडरअन्तर्गत बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने सूचनामा छ।

रिगमेन र कालीमाटी फिडरअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्रमा आइतबार विद्युत आपूर्ति बन्द हुनेछ। बलम्बु र थानकोट फीडरअन्तर्गत नैकापदेखि बलम्बुसम्मको क्षेत्रमा सोमबार र बिहीबार, कालीमाटी फिडरअन्तर्गत रविभवनदेखि कलंकी चोकसम्मको क्षेत्रमा मंगलबार लाइन जानेछ। यस्तै थानकोट र मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा शुक्रबार लाइन जानेछ।

मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित तालिकाअनुसार विद्युत आपूर्ति नरोकिने पनि सूचनामा छ।