अबुधाबी र दुबईमा फेरि भारी वर्षा, आवश्यक भएमात्रै बाहिर निस्कन आह्वान

बिजमाण्डू
२०८१ बैशाख २० गते ०८:२४ | May 2, 2024
अबुधाबी र दुबईमा फेरि भारी वर्षा, आवश्यक भएमात्रै बाहिर निस्कन आह्वान
Photo : Ahmed Ramzan/Gulf News

संयुक्त अरब इमिरेट्सको अबुधाबी र दुबईसँगै अन्य क्षेत्रमा फेरि वर्षाका कारण जनजीवन प्रभावित भएको छ।

Tata
GBIME
Nepal Life

चट्याङसहित वर्षा भइरहँदा नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। अहिले पनि विभिन्न स्थानमा ठूलो वर्षा भइरहेको गल्फ न्यूजले उल्लेख गरेको छ।

त्यहाँको मौसम विभागले आवश्यक भएमा मात्रै घरबाट बाहिर निस्कन आग्रह गरेको छ। अत्यावश्यक काममा लागि बाहेक ड्राइभिङ नगर्न पनि सूचित गरिएको छ।

गत अप्रिल १६ मा पनि यूएईका धेरै स्थान वर्षाले प्रभावित भएको थियो। जहिलै चहलपहल रहने सहरहरु जलमग्न भएका थिए। व्यापारहरु पनि त्यसबेला ठप्प भएको थियो।

अहिले पनि त्यस्तै परिस्थिति आउन सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। सकेसम्म ‘वर्क फ्रम होम’ गर्न र मिलेसम्म कक्षाहरु पनि अनलाइनबाट संचालन गर्न भनिएको छ। मेट्रो र सार्वजनिक यातायातहरुलाई पनि अलर्टमा रहन भनिएको छ। दुबईका विमानस्थलहरुले पनि ट्राभल एड्भाइजरी जारी गरेको छ।