एयर इन्डिया एक्सप्रेसको ७५ बढी उडान रद्द, ३०० जना ‘क्रु’ सदस्य एकसाथ ‘बिरामी बिदा’मा

बिजमाण्डू
२०८१ बैशाख २६ गते ११:०३ | May 8, 2024
एयर इन्डिया एक्सप्रेसको ७५ बढी उडान रद्द, ३०० जना ‘क्रु’ सदस्य एकसाथ ‘बिरामी बिदा’मा
Photo : Telegraph India

भारतको एयर इन्डिया एक्सप्रेसको ७५ भन्दा बढी उडान रद्द भएका छन्। मंगलबार रातिदेखि बुधबार बिहानसम्म ती उडान रद्द गरिएका हुन्।

Tata
GBIME
Nepal Life

विमान चालक दलका सदस्य (क्रु मेम्बर)हरु एक साथ ‘बिरामी बिदा’मा बसेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु रोकिएका हुन्।

उडान हुने अन्तिम समयमा करिब ३०० जना ‘सिनियर क्रु मेम्बर’ हरुले बिरामी भएको जानकारी दिएका थिए। त्यसपछि उनीहरुको मोबाइल बन्द भएको एनडीटिभीले उल्लेख गरेको छ।

एयर इन्डिया एक्सप्रेस हाल चालक दलका सदस्यहरुसँग सम्पर्क गर्ने प्रयासमा छ। टाटा समूहको स्वामित्वको सो विमान कम्पनीको नयाँ रोजगारी नीतिका विरुद्ध चालक दलका सदस्यहरु आन्दोलनमा छन्। यो घटन त्यसैको उपज भएको हुन सक्ने जनाइएको छ।

उडान रद्द हुँदा यात्रुहरुलाई रकम फिर्ता दिने वा ‘कम्प्लिमेन्ट्री’ उडान दिने कम्पनीले जनाएको छ। यात्रुहरुले बिना कुनै सूचना विमान सेवा अवरुद्ध गरिएको भन्दै गुनासो गरेका छन्।