कोकाकोलाको म:म पार्टी, ‘काठमाडौं इज कुकिङ’मा पपोनले गीत गाउँदा झुम्मिए दर्शक

बिजमाण्डू
२०८० चैत्र ३ गते ११:१४ | Mar 16, 2024
कोकाकोलाको म:म पार्टी, ‘काठमाडौं इज कुकिङ’मा पपोनले गीत गाउँदा झुम्मिए दर्शक

काठमाडौं । कोकाकोलाको आयोजनामा काठमाडौंको हायात रिजेन्सीमा ‘काठमाडौं इज कुकिङ’ कार्यक्रम सम्पन्न भयो। शुक्रबार म:मका विभिन्न स्टलसहित आयोजित कार्यक्रममा कर्न्सटसमेत आयोजना गरिएको थियो।

Tata
GBIME
Nepal Life

विश्वमै सबैभन्दा ठूलो म:म पार्टीको रेकर्ड राख्ने गरि आयोजित सो कार्यक्रममा भारतीय गायक पपोन पनि सहभागी थिए। उनले आफ्ना चर्चित हिन्दी गीतहरु दर्शकमाझ प्रस्तुत गरेका थिए।

पपोनसँगै सो कार्यक्रममा सुसान्त घिमिरे, दी इलिमेन्ट्स, जोन एन्ड दी लोकल्स , भेक र प्रजिनाको पनि प्रस्तुती थियो।

कार्यक्रममा म:मका २५ भन्दा बढी स्टल थिए। थरी थरीका म:म चाख्न युवायुवतीहरुको भिड थियो। कार्यक्रममा १३ हजार भन्दा बढीको उपस्थिति थियो।

.