बचत फिर्ता माग्दै पीडितको मार्चपास, माग पुरा नभए सहकारी विभागमा गएर बस्ने चेतावनी

रोजन श्रेष्ठ
२०८० चैत्र १ गते १६:०७ | Mar 14, 2024
बचत फिर्ता माग्दै पीडितको मार्चपास, माग पुरा नभए सहकारी विभागमा गएर बस्ने चेतावनी

काठमाडौं । देशभरबाट काठमाडौं आएका सहकारी पीडितहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। सहकारी संस्थाहरुले बचत गरेको रकम दुरुपयोग गरि फरार भए पछि उनीहरुले काठमाडौं केन्द्रित प्रदर्शन गरेका हुन्।

Tata
GBIME
Nepal Life

काठमाडौंको कालिमाटी, गोंगबु, शंखपार्क, सिफल र ललितपुरको जावलाखेलबाट समूह बनाएर उनीहरुले र्‍याली निकालेका थिए। भृकुटीमण्डपमा जम्मा भएर उनीहरुको र्‍याली कोणसभामा परिणत भएको थियो।

उनीहरुले बचतकर्ताको रकम अपचलन गर्ने संचालकलाई कारबाही र बचत रकम फिर्ताको माग गरेका छन्। र्‍यालीका क्रममा उनीहरुले सरकारसँग राखेका मागहरु पुरा गर्नुपर्ने भन्दै मार्चपास गरेका थिए।

फरार रहेका जीबी राई सहित सहकारी संचालकको तस्विर लिँदै उनीहरुले न्यायको माग गरेका हुन्।

माग सम्बोधन नभए ‍आफूहरु सहकारी विभागमा गएर बस्ने चेतावनी उनीहरुले दिएका छन्।