प्राधिकरण र त्रिवि अर्थशास्त्र विभागबीच समझदारी, बीमा क्षेत्रको अनुसन्धान गरिने

बिजमाण्डू
२०८० माघ ३ गते १६:०३ | Jan 17, 2024
प्राधिकरण र त्रिवि अर्थशास्त्र विभागबीच समझदारी, बीमा क्षेत्रको अनुसन्धान गरिने
बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल र त्रिवि अर्थशास्त्र विभाग प्रमुख प्रा. डा. शिवराज अधिकारी समझदारीमा हस्ताक्षरपछि

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागबीच बीमा सम्बन्धी अनुसन्धान गर्ने समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

समझदारीपत्रमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल र विभाग प्रमुख प्रा. डा. शिवराज अधिकारीले हस्ताक्षर गरेका छन्। समझदारी चार वर्षसम्म कायम रहनेछ।

समझदारीपत्रमा विभागले बीमाको अनुसन्धान क्षेत्र पहिचान गरी अनुसन्धान अगाडि बढाउने तथा प्राधिकरणले अनुसन्धानका लागि आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने उल्लेख छ।

देशको अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान, बीमा क्षेत्रको विकास, बीमा समावेशिता, बीमा व्यवसाय, सेवाको गुणस्तर, संचालन खर्च, वित्तीय प्रणाली, वित्तीय साक्षरता, बीमा क्षेत्रका चुनौती, कम्पनीको नियमन तथा सुपरिवेक्षण, पुनर्बीमा र जोखिम बहन नीति लगायत क्षेत्रमा अनुसन्धान गरिने प्राधिकरणले जनाएको छ।