मर्जर एजेण्डासहित सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले डाके फागुन ११ गते साधारणसभा

बिजमाण्डू
२०७९ माघ १९ गते ०९:२५ | Feb 2, 2023
मर्जर एजेण्डासहित सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले डाके फागुन ११ गते साधारणसभा

काठमाडौं। सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर एजेण्डासहित लाभांश पारित गर्न वार्षिक साधारणसभा डाकेका छन्।

Tata
GBIME
Nepal Life

दुवै कम्पनीले एकैदिन फागुन ११ गते वार्षिक साधारणसभा डाकेका हुन्।

सभाले नाफाबाट लाभांश पारित गर्ने एजेण्डा अनुमोदन गर्ने छ। यसपछि दुवैको चुक्ता पुँजी वृद्धि हुने छ। 

सगरमाथाले १२.४० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ भने लुम्बिनीले ६.९९ प्रतिशत प्रस्ताव गरेको छ। कर प्रयोजनका लागि दुवैले नगद लाभांश पनि प्रस्ताव गरेका छन्।

सगरमाथाले लुम्बिनीलाई १०० सेयर बराबर ८० सेयरको दरमा गाभ्ने छ। साधारणसभाले अनुमोदन गरेपछि एकिकृत कारोबारका लागि अन्तिम स्वीकृति लिने प्रक्रिया अगाडि बढ्ने छ।