सार्वजनिक खरिद कार्यालयले २८ वटा निर्माण कम्पनीसँग माग्यो स्पष्टीकरण, ठेक्का तोड्ने चेतावनी

बिजमाण्डू
२०८१ बैशाख २७ गते ०९:५२ | May 9, 2024
सार्वजनिक खरिद कार्यालयले २८ वटा निर्माण कम्पनीसँग माग्यो स्पष्टीकरण, ठेक्का तोड्ने चेतावनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक २८ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण सोधेको छ। बिहीबार एक सूचना जारी गर्दै विभिन्न आयोजनाहरुको काम अलपत्र पार्ने २८ वटा निर्माण कम्पनीहरुसँग लिखित स्पष्टीकरण मागिएको हो।

Tata
GBIME
Nepal Life

कार्यालयका अनुसार ती निर्माण कम्पनीहरुले कार्यालयलाई पटकपटक लिखित स्पष्टीकरण पेश गर्न ताकेता गर्दा पनि वेवस्ता गरेपछि अन्तिम पटकको लागि मात्रै ७ दिनको समय दिइएको हो। ७ दिनभित्र ती निर्माण कम्पनीहरुले स्पष्टीकरण पेश नगरे ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ्नेछ।

विभिन्न सडक तथा बिल्डिङ निर्माणका आयोजनाहरु अलपत्र पार्नेमा ईसा कन्स्ट्रक्सन, शिवाणी इन्टरप्राइजेज, एचएण्डजे ट्रेडर्स, जीसी ब्रदर्स कन्स्ट्रक्सन, प्रशंसा कन्स्ट्रक्सन, उर्जा इन्फ्रा एण्ड कन्स्ट्रक्सन, कृशभ निर्माण सेवा, युआरसी कन्स्ट्रक्सन, अधिकारी निर्माण सेवा, चन्द्र सूर्य निर्माण सेवा र देउतीवज्यै निर्माण सेवा रहेका छन्।

यस्तै, आयुष निर्माण सेवा तथा महादेव अर्डर सप्लार्यस, भारत कन्स्ट्रक्सन, सिद्धि साई प्रकाश कन्स्ट्रक्सन, देवनारायण पवन कन्स्ट्रक्सन, मैनाचुली निर्माण सेवा, खम्पाचे शेर्पा निर्माण सेवा, देउती कन्स्ट्रक्सन, एडभेन्चर जेवी जेभी, शंकरमाली निर्माण सेवा, बराह निर्माण सेवा, दिपमाला निर्माण सेवा, बिभोर निर्माण सेवा, बिएस भैरबशक्ति निर्माण सेवा र युसब कन्स्ट्रक्सनसँग पनि स्पष्टीकरण माग गरिएको छ।