नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा, यस्तो छ मूल्य र अरु भन्दा भिन्न फिचरहरु

बिजमाण्डू
२०७९ असोज ३ गते १७:०१ | Sep 19, 2022
नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा, यस्तो छ मूल्य र अरु भन्दा भिन्न फिचरहरु

काठमाडौं। टीभीएस मोटर कम्पनीले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ। यो नयाँ मोडलमा टीभीएस स्मार्ट एक्सनेट कनेक्टिभीटी प्ल्याटफर्म तथा राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस-असिस्ट फिचर पनि उपलब्ध रहेको छ। यस टीभीएस स्मार्ट एक्सनेट कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्च सँगै स्कुटर उद्योगमा छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको कम्पनीले जनाएको छ।

यसमा मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडीलगायत अन्य थुप्रै कनेक्टिभीटी अप्सनहरु समावेश गरिएको छ। यसमा १२५ सीसी सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर उपलब्ध रहेको छ। पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुसन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ।

यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोइ स्टिलले यसलाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ।

यस अवसरमा टीभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले नेपाल सधैं राम्रो प्रमुख बजार भएको बताए। भर्खरै लन्च गरिएको एनटर्कमा उच्चशक्ति, फर्स्ट-इन-सेगमेन्ट डुअल राइड मोडहरू, उच्च टप स्पीड र उत्कृष्ट एक्सेलेरेशन प्रदान गर्छ।

लन्चमा बोल्दै जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक साहिल अग्रवालले एनटर्क नेपालमै गेम चेन्जिङ स्कुटर हुने बताए। 'हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौँ र अहिलेको नयाँ पुस्ताको राइडरहरु बिच यो चर्चाको बिषय हुनेछ भन्ने हामीलाई विश्वास छ,' उनले भने।

यसको नयाँ विशेषता भनेको यसमा भएको ब्लुटुथ इनेबल्ड टीभीएस स्मार्ट एक्सनेट कनेक्टिभीटी हो। जसलाई टीभीएस कनेक्ट मोबाइल एप मार्फत कनेक्ट गर्न सकिन्छ। यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्नेलगायत १५ छुट्टा छुट्टै भोइस कमान्डहरु लिन्छ। यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा-गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्नेछन्।

त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्ली देखाइन्छ। यसै गरी यसमा नियमित आवतजावत गरिरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ।

त्यस्तै यसमा एक स्विचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा पनि राइडरहरुले पाउनेछन्। रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमि प्रतिघण्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड सहरको ट्राफिकमा उपयुक्त हुन्छ। स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ।

यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ। नाम अनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् पनि रहेको छ। साथै स्पोर्टी रेडव्हीलले यो स्कुटरलाई झनै स्टाइलिस देखाएको छ।

ट्राइ-टोन कलर रिम सहित उपलब्ध यो स्कुटरको मुल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ।