म्याद नाघेको उद्योग सञ्चालन गर्न ६ महिना, ठूला उद्योगले प्रतिवर्ष डेढ लाख तिर्नुपर्ने 

बिजमाण्डू
२०७९ असार १ गते १३:३२ | Jun 15, 2022
म्याद नाघेको उद्योग सञ्चालन गर्न ६ महिना, ठूला उद्योगले प्रतिवर्ष डेढ लाख तिर्नुपर्ने 

काठमाडौं। सञ्चालन हुने भनेर सुरुमा घोषित मितिमा सञ्चालनमा नआएको वा म्याद गुज्रेका उद्योगको सञ्चालन म्याद थप गर्न उद्योग विभागले सूचना जारी गरेको छ। विभागले सबै खाले उद्योगलाई जरिवाना तिराएर म्याद थप गर्ने व्यवस्था गरेको हो।

Tata
GBIME
Nepal Life

औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको जेठ २३ गते बसेको २३५ औं बैठकबाट उद्योगको सञ्चालन म्याद थप सम्बन्धी निर्णय गरेको हो। निर्णय अनुसार अब ठूला उद्योगले म्याद गुज्रेको अवधिको प्रतिवर्ष १ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्छ।

मझौला उद्योगका लागि प्रतिवर्ष ५० हजार र साना उद्योगका लागि प्रतिवर्ष १५ हजार तिरेर सञ्चालन अवधि थप गर्न सक्नेछ। यस्तै घरेलु उद्योगले प्रतिवर्ष ५ हजार तिर्नुपर्नेछ। 

औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ तथा दफा ६० बमोजिम उद्योगको संचालन म्याद थपको लागि समयमा निवेदन पेस गर्न नसकेका उद्योगहरुलाई सञ्चालन म्याद थपका लागि पुन एक पटक ६ महिनाको समय दिई सूचना प्रकाशित गर्ने व्यवस्था गरिएको छ।

सो अवधिमा सञ्चालन म्याद थपका लागि परेका निवेदनहरूमा आवश्यकता र औचित्य हेरी उद्योग विभागले ऐनको दफा ६० को प्रावधानमा उल्लिखित विलम्ब शुल्क लिई सञ्चालन म्याद थप गर्न सक्ने उल्लेख छ।