एनएमबि बैंकको एक्सटेन्सन काउन्टर सिरहाको हिमालय सुगर मिल्स परिसरमा खुल्यो

बिजमाण्डू
२०७८ चैत्र २३ गते १२:५२ | Apr 6, 2022
एनएमबि बैंकको एक्सटेन्सन काउन्टर सिरहाको हिमालय सुगर मिल्स परिसरमा खुल्यो


काठमाडौं। एनएमबि बैंकले सिरहाको हिमालय सुगर मिल्स परिसरमा एक्सटेन्सन काउन्टर खोलेको छ। किसान तथा सर्वसाधारण सेवाग्राहीहरुलाई सहज होस भन्ने उद्देश्यले उक्त एक्सटेन्सन काउन्टर खोलिएको बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो एनएमबिको ११ औं एक्सटेन्सन काउन्टर हो।  उक्त काउन्टरको स्थापना पूर्वनै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता पनि गरिसकेको छ। 

एनएमबि बैंकले हाल देशैभर ११ एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटीएमहरुमार्फत वित्तीय सेवा दिँदै आएको छ।