आयोजना अलपत्र पार्ने चार कम्पनीसँग स्पष्टीकरण, ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी

बिजमाण्डू
२०७८ बैशाख ९ गते ११:२० | Apr 22, 2021
आयोजना अलपत्र पार्ने चार कम्पनीसँग स्पष्टीकरण, ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी

Tata
GBIME
Nepal Life

काठमाडौं। सघन शहरी तथा भवन निर्माण आयोजनाले काम लिएर अलपत्र पार्ने चार कम्पनीसँग स्पष्टीकरण मागेको छ।

स्वास्थ्य भवन एवम सडक निर्माण गर्न जिम्मा लिएर सम्झौता  बमोजिम काम नगरेको भन्दै १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो। आयोजनाले सार्वजनिक सुचना प्रकाशित गरेर पटक पटक म्याद थप गरि मौका दिदा पनि तोकिएको म्यादभित्र  कार्य सम्पन्न नगरेको, बारम्बार मौखिक तथा लिखित ताकेता र सार्वजनिक सुचना जारी गर्दा समेत सरकारी कार्यादेशको  उल्लङघन गरेको उल्लेख छ।

'निर्देशनको  वेवास्ता गरि नेपालको खरिदसँग सम्वन्धीत कानुनको धज्जी उडाउने र सरकारी निकायलाइ बेकम्मा साबित गर्ने कलुषित भावना राखी कार्य सम्पन्न गर्न तदारुकता नदेखाएको हुँदा जनताको सुविधा सम्पन्न भवनबाट  स्वास्थ्य सेवा पाउने हक र सडक पुर्वाधारको  आधार सुविधाबाट बञ्चित भएकाले के कति कारणले निर्माण कार्य नगरेको हो ? ' सुचनामा भनिएको छ, 'अन्यथा ठेक्का सम्झौताको सर्त तथा सार्वजनिक खरिद ऐन २०६३ तथा सोही नियमावली २०६४ बमोजिम ठेक्का तोडी कालोसूचीमा राख्ने कारबाही अघि बढाइने छ।'

थोक्लुङ स्वास्थ्य चौकी भवन र इसिबु स्वास्थ्य चौकी तेह्रथुमको  निर्माणको जिम्मा लिएर निलगिरी निर्माण सेवा काठमाडौले अलपत्र पारेको छ। नेपालेडाँडा स्वास्थ्य चौकी भोजपुरको नागराज/पोखरे कालीका जेभी भोजपुर, याङपाङ स्वास्थ्य चौकी भोजपुरको सारा सृष्टी/ दिल जेभी धनकुटाले जिम्मा  लिएर सम्झौता अनुसार काम गरेको छैन्।

खाँदबारी नगरपालिकाको मुख्य बजार क्षेत्रहरुमा नाला तथा सडक स्तरोन्नती ( मानेभन्ज्याङदेखि चेवावेसी सडक निर्माण कार्य ) सङखुवासभाको किरातेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी प्राली काठमाडौंले जिम्मा लिएर अलपत्र पारेको आयोजनाले जनाएको छ।