महासंघका अध्यक्ष ढकालले आईएफसीका प्रबन्धकसँग भने- सुधारका लागि सहकार्य बढाऔं

बिजमाण्डू
२०८१ बैशाख २७ गते १९:४२ | May 9, 2024
महासंघका अध्यक्ष ढकालले आईएफसीका प्रबन्धकसँग भने- सुधारका लागि सहकार्य बढाऔं
चन्द्रप्रसाद ढकाल र मार्टिन होल्टम्यान

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का प्रबन्धक मार्टिन होल्टम्यानबीच आर्थिक सुधारबारे छलफल भएको छ।

Tata
GBIME
Nepal Life

बिहिबार भएको भेटवार्तामा महासंघका अध्यक्ष ढकालले आर्थिक सुधारका लागि सरकार, विकास साझेदार र निजी क्षेत्रबीच सहकार्य बढाउन आवश्यक रहेको बताए।

उनले प्राकृतिक स्रोतसाधन, युवा र गतिशील जनशक्ति तथा रणनीतिक भौगोलिक अवस्थितिका कारण नेपालमा आर्थिक विकास गर्न सजिलो रहेको तर व्यावसायिक वातावरण सुधार गर्न आवश्यक रहेको बताए।

उनले नवप्रवर्तन, उद्यमशीलता विकास र दिगो आर्थिक वृद्धिको वातावरण सिर्जना गर्न आईएफसीसँग सहकार्यको आवश्यकता औंल्याएको महासंघले जनाएको छ।

आईएफसीका नेपाल, बंगलादेश र भुटानका लागि देशीय प्रबन्धक होल्टम्यानले आईएफसी सधैं निजी क्षेत्रलाई विकासको साझेदार बनाउनुपर्ने पक्षमा रहेको बताए।