सप्तरीको फत्तेपुरमा नेपाल बैंकको रकम लुट्न ५५ वर्षीय सुरक्षा गार्डको हत्या

बिजमाण्डू
२०८१ बैशाख २७ गते १८:१४ | May 9, 2024
सप्तरीको फत्तेपुरमा नेपाल बैंकको रकम लुट्न ५५ वर्षीय सुरक्षा गार्डको हत्या

काठमाडौं। सप्तरीमा नेपाल बैंक लिमिटेडका एक सुरक्षा गार्डको हत्या भएको छ। सप्तकोशी नगरपालिकामा पर्ने फत्तेपुरमा रहेको बैंकको रकम लुट्न ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो।

Tata
GBIME
Nepal Life

बिहिबार बिहान सवा ३ बजेतिर घाँटीमा धारिलो हतियार प्रहार गरी फुँयालको हत्या भए प्रहरीले जानकारी दिएको छ।

‘अहिले अनुसन्धान भइरहेको छ। हाम्रो टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ,’ सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले भने।

प्रदेश प्रहरी कार्यालयबाट पनि तालिम प्राप्त कुकुर र प्राविधिकलाई झिकाएर अनुसन्धान भइरहेको छ। हत्यापछि घटनामा संलग्न व्यक्तिले बैंकबाट केही रकम लगेको खुलेको छ। तर कति रकम भन्ने खुलेको छैन।

प्रहरीले अनुसन्धानको क्रममा एक जनालाई नियन्त्रणमा लिएको छ।

केही दिनअघि वीरगंजको एक बैंकबाट लुटेरा समूहले रकम लुटपाट गरेको थियो।