दुर्गा प्रसाईंका कार्यकर्ताले झापाका दुई बैंकमा गरे ढुंगामुढा, केही मानिस प्रहरी नियन्त्रणमा

बिजमाण्डू
२०८१ बैशाख २७ गते १६:५३ | May 9, 2024
दुर्गा प्रसाईंका कार्यकर्ताले झापाका दुई बैंकमा गरे ढुंगामुढा, केही मानिस प्रहरी नियन्त्रणमा

काठमाडौं। दुर्गा प्रसाईंका कार्यकर्ताले झापामा दुई बैंकमा तोडफोड गरेका छन्। बिहीबार राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान अन्तर्गत बिर्तामोडमा भएको र्यालीको क्रममा उत्तेजित समुहले बैंकमा ढुंगा प्रहार गरेका हुन्।

Tata
GBIME
Nepal Life

नागरिक युवा दस्ताले र्याली निकालेको थियो। विर्तामोडमा रहेको एभरेष्ट बैंक र ज्योति विकास बैंकको शाखामा ढुंगा प्रहार गर्दा कार्यालयको सिसा फुटेको छ।

‘मुख्य मुख्य व्यक्ति नियन्त्रणमा लिएका छौं। उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले भने।

त्यस्तै प्रहरीले ढुंगामुडा गर्ने चार जनालाई समातेर अनुसन्धान गरिरहेको छ। दुर्गा प्रसाईंले बैंक तथा वित्तिय क्षेत्रका मानिस विरुद् अराजक अभिव्यक्ति दिंदै आएका थिए।