नेपाल टेलिकमले लाइसेन्स नवीकरणबापत एनटीएलाई तिर्‍यो २० अर्ब, नयाँ लाइसेन्सको पर्खाइमा

बिजमाण्डू
२०८१ बैशाख २७ गते १६:११ | May 9, 2024
नेपाल टेलिकमले लाइसेन्स नवीकरणबापत एनटीएलाई तिर्‍यो २० अर्ब, नयाँ लाइसेन्सको पर्खाइमा

काठमाडौं। नेपाल टेलिकमले लाइसेन्स नवीकरणबापत २० अर्ब रुपैयाँ सरकारलाई बुझाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार टेलिकमले मंगलबार नै प्राधिकरणको खातामा २० अर्ब रुपैयाँ निकासा गरेको हो।

Tata
GBIME
Nepal Life

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार विद्यमान लाइसेन्सकै बाँकी रहेको शुल्क टेलिकमले बुझाएको जानकारी दिए।

‘टेलिकमले अस्ती २० अर्ब रुपैयाँ प्राधिकरणलाई बुझाएको छ। यो नयाँ लाइसेन्सका लागि होइन। त्यसको निर्णय भइसकेको छैन। भोलि टेलिकमको लाइसेन्स अवधि सकिंदैछ,’ पौडेलले भने।

वैशाख १३ गते बसेको टेलिकम सञ्चालक समितिको बैठकले नवीकरण शुल्क बुझाउने निर्णय गरेको थियो।

टेलिकमकै कर्मचारी संगठनले आम्दानी घटिरहेका बेला महँगो शुल्क तिर्न नसकिने भन्दै घटाउर्ने कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।

टेलिकमले ५ वर्षअघि लाइसेन्सको तेस्रो नवीकरणबापत करिब १९ करोड रुपैयाँ मात्रै बुझाएको थियो। बाँकी रहेको बक्यौता टेलिकमले मंगलबार प्राधिकरणको खातामा ट्रान्सफर गरेको हो।

टेलिकमले २०५६ वैशाख २९ गते जीएसएम सेलुलर मोबाइलको लाइसेन्स पाएको थियो। जसको अवधि २५ वर्ष हुन्छ। तर, एकपटकमा १० वर्षको मात्रै लाइसेन्स पाइन्छ। सोअनुसार टेलिकमको पहिलो किस्ता २०६६ सम्म, दोस्रो २०७६ र तेस्रो किस्ता ५ वर्षको गरी २०८१ वैशाख २८ गते अर्थात भोलिसम्म मात्रै योग्य छ। टेलिकमले तेस्रो किस्ताबापत बाँकी रहेको रकम मंगलबार बुझाएको हो।