स्टक मार्केटमा सामान्य अंकको वृद्धि, होटल पर्यटन कम्पनीमा लगानीकर्ता आकर्षित

बिजमाण्डू
२०८१ बैशाख २७ गते १५:३३ | May 9, 2024
स्टक मार्केटमा सामान्य अंकको वृद्धि, होटल पर्यटन कम्पनीमा लगानीकर्ता आकर्षित

काठमाडौं। सेयर बजार झिनो अंकले बढेको छ। बिहीबार नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा पुगेको हो। आज होटल उपसमूहमा लगानीकर्ताको आकर्षण उच्च हुँदा सूचक सर्वाधिक ६.९६ प्रतिशतले बढेको छ।

Tata
GBIME
Nepal Life

जीवन बीमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स बाहेकका सबै उपसूचक बढ्दा बजार बढ्न सफल भयो।

ओरेन्टल होटलको सेयरमूल्य सर्वाधिक ८.४६ प्रतिशतले बढ्दा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भए।

त्यसैगरि, सिटी होटलका लगानीकर्ताले ७.९९ प्रतिशत, सोल्टी होटलका लगानीकर्ताले ७.४१ प्रतिशत र तारागाउँ रिजेन्सीका लगानीकर्ताले ६.५६ प्रतिशतले दरले कमाएका छन्।

सबैभन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाका लगानीकर्ता छन्। उक्त योजनाका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले गुमाए।

बिहीबार सेयर बजारमा ३ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ। जसमा नेपाल फाइनान्सको मात्रै १६ करोडको कारोबार भएको छ। सोल्टी होटलको १४ करोड ४७ लाखको कारोबार भएको छ।