कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले पेस गरे दाबी, ५२ जना सांसदको समर्थन

बिजमाण्डू
२०८१ बैशाख २७ गते १२:०४ | May 9, 2024
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले पेस गरे दाबी, ५२ जना सांसदको समर्थन
Photo : Baburam Bhandari

काठमाडौं । नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्। उनले आज प्रदेश प्रमुख पर्शुराम समक्ष दाबी पेस गरेका हुन्।

Tata
GBIME
Nepal Life

प्रदेश सभामा रहेको बहुमत सदस्यको समर्थनसहित सरकार गठनका लागि उनले दाबी पेस गरेको बताएका हुन्।  उनको समर्थनमा ५२ सांसदहरुले हस्ताक्षर गरेका छन्।

केन्द्रमा समीकरण फेरिएपछि नेकपा माओवादीसहितको समर्थनमा उनले नयाँ सरकार बनाउन कसरत गरेका हुन्।

हिजो राजनीतिक किचलोबीच कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको थियो। नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका केदार कार्कीले संवैधानिक आधार नभएको भन्दै पद छाड्न अस्वीकार गरेपछि प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठन आह्वान गरेका थिए।