शोकका कारण कांग्रेस संसदीय दलको बैठक स्थगित

बिजमाण्डू
२०८१ बैशाख २७ गते ११:४५ | May 9, 2024
शोकका कारण कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ। बिहीबार दिउँसो २ बजेका लागि तय भएको बैठक शोकका कारण स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले बताए।

Tata
GBIME
Nepal Life

कांग्रेस ताप्लेजुङका नेता सुर्यमान गुरुङको निधनपछि कांग्रेसले संसदीय दलको बैठक स्थगित गरेको हो। गुरुङको मंगलबार दिउँसो ८४ वर्षको उमेरमा निधन भएको थियो।

उनको निधनमा शोक प्रस्ताव गर्न कांग्रेसले बिहीबार बिहान केन्द्रीय समितिको बैठक डाकेको थियो। उक्त बैठकले गुरुङ निधनमा शोक प्रस्ताव गरेको पौडेलले बताए।