तोलामा ८ सय रुपैयाँले घट्यो सुन, बिहीबार कति पुग्यो सुनचाँदीको कारोबार मूल्य?

बिजमाण्डू
२०८१ बैशाख २७ गते ११:३२ | May 9, 2024
तोलामा ८ सय रुपैयाँले घट्यो सुन, बिहीबार कति पुग्यो सुनचाँदीको कारोबार मूल्य?

काठमाडौं। सुनको मूल्य बिहीबार तोलामा ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
Nepal Life

बुधबार सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ थियो। केही दिनयता सुनको मूल्य यही हाराहारीमा चलिरहेको छ।

चाँदी भने तोलामा १० रुपैयाँले बढेको छ। बिहीबार चाँदी तोलाको १ हजार ६ सय ८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रति तोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय बजारमा उच्च मूल्य र अस्त शुक्रका कारण सुनचाँदीको कारोबार सामान्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य घट्दै प्रति औंस २३१४.२७ डलरमा आइपुगेको छ। बुधबार प्रति औंस २३१८.३६ डलर थियो।

चाँदीको कारोबार मूल्य भने बलियो भएको छ। बिहीबार चाँदी प्रति औंस २७.५२ डलर छ। बुधबार २७.२९ डलरमा कारोबार भएको थियो।