हाथवे इन्भेष्टमेन्टको वित्तीय सूचकमा सुधार, ९ महिनाको खुद नाफा ७ करोड ५० लाख

बिजमाण्डू
२०८१ बैशाख २७ गते १०:४८ | May 9, 2024
हाथवे इन्भेष्टमेन्टको वित्तीय सूचकमा सुधार, ९ महिनाको खुद नाफा ७ करोड ५० लाख

काठमाडौं। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म ७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको सञ्चालन तथा कुल आम्दानी वृद्धि हुँदा खुद नाफामा सुधार आएको हो। हाथवे पोहोर ९ महिनामा १ करोड २२ लाख रुपैयाँ घाटामा थियो।

सञ्चालन आम्दानी १०४.६४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको सञ्चालन आम्दानी पोहोर ९ महिनामा ११ करोड ४३ लाख रुपैयाँ रहेकामा यस वर्ष चैतसम्म २३ करोड ३९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

कम्पनीको कुल आम्दानी ८९.२० प्रतिशतले बढेर २३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी १२ करोड ३८ लाख रुपैयाँ थियो।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड २७ लाख रुपैयाँ छ। प्रति सेयर आम्दानी ३.८९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ७७.६२ रुपैयाँ छ।