प्रभु महालक्ष्मी लाइफको खुद नाफा ३८.७५% वृद्धि, बीमा शुल्क आर्जनसँगै बढ्यो आम्दानी

बिजमाण्डू
२०८१ बैशाख २७ गते ०९:५८ | May 9, 2024
प्रभु महालक्ष्मी लाइफको खुद नाफा ३८.७५% वृद्धि, बीमा शुल्क आर्जनसँगै बढ्यो आम्दानी

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ९ महिनामा २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको ९ महिनाको तुलनामा ३८.७५ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले गत वर्ष १९ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी वृद्धि हुँदा कम्पनीको खुद नाफामा सुधार भएको हो।

९ महिनामा खुद बीमा शुल्क आर्जन १०२.८४ प्रतिशतले बढेर २ अर्ब ९६ करोड ४० लाख रुपैयाँ पुगेको छ।

कम्पनीले पोहोर चैतसम्म १ अर्ब ४६ करोड १२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। लगानी तथा कर्जाबाट हुने आम्दानी १२४.७८ प्रतिशतले बढेर ८४ करोड १७ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ। प्रतिसेयर आम्दानी ८.३५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२३.३५ रुपैयाँ छ।