बायर्नलाई हराएर रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि डर्टमण्डसँग भिड्ने

बिजमाण्डू
२०८१ बैशाख २७ गते ०७:०६ | May 9, 2024
बायर्नलाई हराएर रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि डर्टमण्डसँग भिड्ने
यूएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै रियल मड्रिड (सेतो जर्सी) र बायर्न म्युनिखका खेलाडी। तस्बिर: रोयटर्स)

स्पेनिस क्लब रियल मड्रिड युरोपेली फुटबल महासंघ (यूईएफए) च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै मड्रिडले च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गरेको हो।

Tata
GBIME
Nepal Life

गएराति सम्पन्न दोस्रो लेगको खेलमा २-१ गोलको जित निकालेको मड्रिडले समग्रमा ४-३ गोलको जित निकाल्यो। पहिलो लेगमा यी दुई टोली २-२ गोलको बराबरीमा रोकिएका थिए।

घरेलु मैदानमा सान्टिआगो बर्नेबेउमा जित निकाल्न मड्रिडका जोसेलु  माटो सनमार्टिनले दुवै गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा बायर्नले खेलमा अग्रता बनाएको थियो। खेलको ६८ औँ मिनेटमा अल्फेन्सो डेभिसले ह्यारी केनको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।

तर, ८८ औँ मिनेटमा मड्रिडका जोसेलुले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै इन्जुरी समयमै उनैले रुडिगरको पासमा गोल गर्दा स्पेनिस जायन्ट च्याम्पियन्स लिगको फाइनल पुग्न सफल भयो।

फाइनलमा मड्रिडले अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्दैछ। डर्टमण्डले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएर फाइनलको यात्रा तयार गरेको थियो।

फाइनल खेल जुन २ मा ब्रिटेनको वेम्बली स्टेडियममा हुनेछ।