नेपालले टस जितेर बलिङ रोज्यो, करण र सोमपाल बेन्चमै रहँदा प्लेइङ ११ मा कोको?

बिजमाण्डू
२०८१ बैशाख १५ गते १२:०१ | Apr 27, 2024
नेपालले टस जितेर बलिङ रोज्यो, करण र सोमपाल बेन्चमै रहँदा प्लेइङ ११ मा कोको?

काठमाडौं। नेपाली क्रिकेट टोलीले वेस्ट इण्डिजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

Tata
GBIME
Nepal Life

नेपालको प्लेइङ ११ मा नियमित पेसर सोमपाल कामी र करण केसी बेन्चमा छन्। उनीहरुसँगै मोहम्मद आशिफ शेख, सन्दिप जोरा, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख पनि बेन्चमा छन्।

टसका क्रममा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र वेस्ट इण्डिज ‘ए’ का रोस्टन चेज

नेपाल पहिलो पटक आएको टेस्ट टोलीले पनि विश्वकप अघि इण्डियन प्रिमियर लिग (आईपीएल)मा नपरेका खेलाडीको क्षमता प्रदर्शन गर्ने अवसरका रुपमा हेरेको जनाएको छ। यता एसीसी प्रिमियर कपमा शीर्ष चारमा पर्न नसक्दा एसिया कप र इमर्जिङ एसिया कपमा पुग्न नसकेको नेपाललाई लयमा फर्कन चुनौती छ। त्यस्तै केही महत्त्वपूर्ण खेलाडीको खस्कँदो लय पनि नेपालका लागि टाउको दुखाइ बनिरहेको छ।

नेपालको प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिलकुमार साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनास बोहरा, प्रतिश जिसी, विवेक कुमार यादव, ललितनारायण राजवंशी, कमलसिंह ऐरी