भैरहवाको सिद्धार्थ भिलासाले पायो पाँच तारेस्तरको मान्यता, क्यासिनो सञ्चालनको तयारी

बिजमाण्डू
२०८० चैत्र १६ गते १५:३२ | Mar 29, 2024
भैरहवाको सिद्धार्थ भिलासाले पायो पाँच तारेस्तरको मान्यता, क्यासिनो सञ्चालनको तयारी
सिद्धार्थ भिलासा होटल

काठमाडौं। सिद्धार्थ हस्पिटालिटी ग्रुप अन्तर्गत भैरहवास्थित सिद्धार्थ भिलासा होटलले पाँच तारेस्तरको मान्यता पाएको छ। पर्यटन विभागले स्थलगत अनुगमन तथा निरीक्षणपछि सिद्धार्थ भिलासालाई पाँच तारेस्तरको मान्यता दिएको हो।

Tata
GBIME
Nepal Life

करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको होटलमा एउटा एक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र  ७७ वटा एक्जुकेटिभ डिलक्स गरी ८५ वटा कोठा छन्।

साना ठूला गरी  पाँच वटा कन्फ्रेरेन्स हल र पाँच वटै रेस्टुरेन्ट आउटलेट रहेको होटलमा १,५०० जना क्षमताको ब्याङ्क्वेट हल छ। यो बैंक्विट हल मुलुकमै ठूलो क्षमताको भएको होटलको दाबी छ।

होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेल्नेस सुविधा उपलब्ध छन्। होटलमा हाल २०० जना कार्यरत छन्।

सिद्धार्थ हस्पिटालिटी ग्रुपका सीइओ कृष्ण न्यौपानेले होटलमा छिट्टै क्यासिनो सेवा संचालनमा ल्याउने तयारी रहेको जानकारी दिए। उनका अनुसार क्यासिनो संचालनका लागि संरचना निर्माणको काम सम्पन्न भइसकेको छ।

यो समूह आउँदो वर्ष कैलालीको धनगढी र तनहुँको दमौलीमा नयाँ होटल तथा रुपन्देहीको योगीकुटीमा ब्याङ्क्वेटसहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजनामा छ।