पप्पुसहित ३३ निर्माण कम्पनी कालोसूचीमा, साढे २ वर्षसम्म ठेक्काका काम गर्न नपाउने

बिजमाण्डू
२०८१ बैशाख ११ गते ०९:४५ | Apr 23, 2024
पप्पुसहित ३३ निर्माण कम्पनी कालोसूचीमा, साढे २ वर्षसम्म ठेक्काका काम गर्न नपाउने

काठमाडौं। विभिन्न आयोजनाहरुको काम समयमा सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सन प्रालिसहित ३३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यलयले मंगलबार सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो।

Tata
GBIME
Nepal Life

कालोसूचीमा परेका निर्माण कम्पनीहरुले सूचना प्रकाशित भएको मितिबाट साढे २ वर्षसम्म कुनै पनि सार्वजनिक ठेक्कामा सहभागी हुन पाउने छैनन्। यसरी कालोसूचीमा पर्ने कम्पनीहरुले ऊर्जा, सडक विभाग, पूर्वाधार विकास कार्यलय, सहरी विकास, गाउँपालिका तथा नगरपालिकाहरुको सडक तथा भवनदेखि पुलसम्मका २९ वटा आयोजनाहरुको काम अलपत्र पारेका छन्।

कालोसूचीमा पर्ने कम्पनीहरुमा पप्पु कन्स्ट्रक्सन, प्रेम निर्माण सेवा, सप्तकोशी जलाधार निर्माण, ओम साई एण्ड कम्पनी, युनिभर्सल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट, कोशी एण्ड न्यौपाने निर्माण सेवा, ओम साई कन्स्ट्रक्सन, एवान खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स, चण्डी निर्माण सेवा, सिद्धिबाबा कन्स्ट्रक्सन कम्पनी, नमुना कन्स्ट्रक्सन खिम्ती छन्।

यसैगरी महेश इन्जिनियरिङ विल्डर्स, नवीन कन्स्ट्रक्सन, प्रेम निर्माण सेवा, अमन कन्स्ट्रक्सन, भाव्या कन्स्ट्रक्सन, साहनी विल्डर्स, मामा भान्जा निर्माण सेवा, कर्मभूमि कन्स्ट्रक्सन, सुस्मन कन्स्ट्रक्सन एण्ड सप्लायर्स, रोशिस कन्स्ट्रक्सन, अर्घा भगवती कन्स्ट्रक्सन, पौराई बाबा कन्स्ट्रक्सन, मुस्कान कन्स्ट्रक्सन, जीएस एण्ड एसएस कन्स्ट्रक्सन, उमंग ट्रेडर्स, पशुपति कन्स्ट्रक्सन, कार्चेन कन्स्ट्रक्सन, स्नेहा निर्माण सेवा र खड्का देवी कन्स्ट्रक्सन पनि कालोसूचीमा परेका छन्।