चितवनमा ८ महिनामा ७०० बढी बैंकिङ कसुरका निवेदन, ५० हजारदेखि १ करोडसम्मका उजुरी

बिजमाण्डू
२०८० चैत्र १६ गते १५:१७ | Mar 29, 2024
चितवनमा ८ महिनामा ७०० बढी बैंकिङ कसुरका निवेदन, ५० हजारदेखि १ करोडसम्मका उजुरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म ७५३ बैंकिङ कसुरका उजुरी परेका छन्।

Tata
GBIME
Nepal Life

कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मंसिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो। चालु आर्थिक वर्षमा परेका निवेदनमध्ये १६५ मुद्दा दर्ता भइसकेको उनले जानकारी दिए।

शाखामा परेका उजुरीमध्ये २० प्रतिशत आपसी मेलमिलाप हुने गरेको कार्कीले बताए। उनले भने, ‘करिब २० प्रतिशतमा आपसी मेलमिलाप हुने गरेको छ। केही छलफलकै क्रममा छन्।’

निवेदन परिसकेपछि कार्यालयले सम्बन्धित व्यक्तिलाई छलफलका क्रममा बोलाउने गरेको प्रहरी नायब निरीक्षक कार्कीले बताए। छलफलमा सहमति भएर पीडितले आफ्नो रकम पाउने सुनिश्चित भएसँगै मिलापत्र हुने उनको भनाइ छ।

कार्कीका अनुसार यस शाखामा ५० हजारदेखि एक करोडसम्मका उजुरीहरु आएका छन्। ९ लाख मुनिका निवेदनलाई आर्थिक कारोबारको प्रमाण आवश्यक नपर्ने भन्दै त्यसभन्दा माथिका निवेदनको हकमा आर्थिक कारोबारको प्रमाणसमेत आवश्यकपर्ने उनले बताए।