प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित गरेर स्वीट्जरल्याण्ड गएका सभामुख स्वदेश फर्किए

बिजमाण्डू
२०८० चैत्र १६ गते ११:२९ | Mar 29, 2024
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित गरेर स्वीट्जरल्याण्ड गएका सभामुख स्वदेश फर्किए
सभामुख देवराज घिमिरेलाई स्वागत गर्दै उपसभामुख इन्दिरा रानामगर

काठमाडौं। प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित गरेर स्वीट्जरल्याण्ड गएका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन्।

Tata
GBIME
Nepal Life

अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू) को १४८ औं महासभामा सहभागी हुन प्रमुख दलका प्रमुख सचेतकसहित चैत ८ गते स्वीट्जरल्याण्ड गएका घिमिरे शुक्रबार स्वदेश फर्किएका हुन्। महासभा चैत १० देखि १४ गतेसम्म सञ्चालन भएको थियो।

त्यो महासभामा सहभागी हुन घिमिरेले चैत ७ गतेपछि प्रतिनिधि सभाको बैठक १८ गते बस्ने गरी स्थगित गरेका थिए। आफूलाई बैठक चलाउने अधिकार नदिइ स्थगित गरेर विदेश गएको भन्दै उपसभामुख इन्दिरा राना मगरले असन्तुष्टि जनाउँदै आएकी थिइन्। उनी शुक्रबार बिहान सभामुख घिमिरेसहितको टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेकी थिइन्।

सभामुखसँगै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसहित १० सदस्यीय टोली स्वदेश फर्किएको छ।