नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्स भिड्दै, बिहीबार खेल हुन नसक्दा नयाँ खेलतालिका

बिजमाण्डू
२०८० चैत्र १६ गते ०९:५० | Mar 29, 2024
नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्स भिड्दै, बिहीबार खेल हुन नसक्दा नयाँ खेलतालिका
क्यानडाविरुद्धको सिरिजका क्रममा नेपाल 'ए'का खेलाडी। फाइल फोटो क्यान

काठमाडौं । नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको पहिलो टी-२० खेल आज हुँदैछ। बिहीबार वर्षाको कारण पहिलो खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ खेल तालिका जारी गरेको हो।

Tata
GBIME
Nepal Life

नयाँ खेल तालिका बमोजिम आज तीन खेलको टी-२० सिरिजको पहिलो खेल खेलिने छ।  

नेपाल ‘ए’ले यसअघि अघिल्लो महिना क्यानडासँग एकदिवसीय सिरिज खेलेको थियो। त्यस्तै, आयरल्याण्ड वुल्भ्सले नेपाली सिनियर टोलीसँग दुई खेलको टी-२० सिरिज खेलेको थियो।

वुभ्ससँग खेल नेपाल ‘ए’ बिनोद भण्डारीको कप्तानीमा उत्रनेछ। आजको खेलमा मौसम भने बाधक बन्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमानमा देखिन्छ। महाशाखाले आज हल्का वर्षाको सम्भावना रहने जनाएको छ।

नयाँ खेलतालिका

नेपाल ‘ए’ टोली

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसीर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकाश आग्री

आयरल्याण्ड वुल्भ्सको टोली

निल रक (कप्तान), रस एडेयर, केड कार्माइकल, ग्यारेथ डेलानी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फियोन ह्यान्ड, गेभिन होई, म्याथ्यु हम्फ्रेस, टम मेयस, लियाम म्याकार्थी, जेम्स म्याकोलम, पीजे मोर, मोर्गन टपिङ र बेन ह्वाइट