दाङका युवा स्ट्रबरी खेतीमा आकर्षित, ‘अलिकति मेहनत गरे स्वदेशमै केही गर्न सकिन्छ’

बिजमाण्डू
२०८० चैत्र १६ गते ०८:१२ | Mar 29, 2024
दाङका युवा स्ट्रबरी खेतीमा आकर्षित, ‘अलिकति मेहनत गरे स्वदेशमै केही गर्न सकिन्छ’

काठमाडौं । लहरै रोपिएका स्ट्रबरीका बिरुवामा फलेका फल पाकेर लटरम्म भएका छन्। चरा र कीराले नखाओस् भनेर सेतो पातलो कपडाले छोपिएको छ।

Tata
GBIME
Nepal Life

वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूलखेती गरिरहेका भास्कर पङ्गेनी र दशरथ साउदले दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १७ कठ्ठा जमिन मासिक दुई हजार रुपैयाँ भाडा दिने सर्तमा विगत दुई वर्षदेखि सयपत्री खेती गरेका थिए।

उनले सोही स्थानमा अहिले स्ट्रबरी खेती गरिहेका छ। दाङको हावापानी सुहाउँदो केही खेती गरौं भन्ने साथीहरुसँग सल्लाह भयो। त्यही अनुसार स्ट्रबरीको परीक्षण खेती गरेको पङ्गेनीले बताए। पहिलो प्रयास नै सफल भएकोमा उनी धेरै खुसी छन्।

‘१०८ डिभाइन एग्रो’ नामको फमबाट तिहारको समयमा सयपत्री फूलखेती गरेका उनीहरुले सयपत्रीको याम सकिएपछि स्ट्रबरी खेती गरेको फम सञ्चालक दशरथ साउदले बताए।

‘पहिलो वर्ष खेती गरेका छौं, इजिप्टबाट बिरुवा ल्याएर रोपेकका हौं। राम्रो आम्दानी भयो। दुई वटा विदेशी जातका आठ हजार  बिरुवा छ,’ उनले भने।

एउटा बिरुवाबाट एक किलोसम्म फल दिएको उनले बताए। उत्पादन पाँच सयप्रति किलोका दरमा बिक्री भइरहेको छ। एक किलो किन्दा एक किलो निःशुल्क दिइरहेको उनले बताए। यो योजना यो हप्ताका लागिमात्र भएको जनाइएको छ।

स्थानीयवासीलाई फार्ममा आएर स्ट्रबरीमा फोटो भिडियो बनाउने सुबिधा पनि रहेको र दैनिक ५० देखि ६० जना स्ट्रबरी हेर्न, खान र फोटो खिच्न आउने गरेको साउदले बताए।

मंसिरमा बिरुवा रोपेको ४० दिनदेखि फल्न सुरु गरेको उनले बताए। अहिलेसम्म डेढ क्विन्टल बिक्री भएको साउदले जानकारी दिए।

‘पाँच लाख आम्दानी भइसकेको छ।  लमही, तुलसीपुरमा पाँच किलो दैनिक ग्रहाकले नियमित लैजाने गरेको छ,’ उनले भने, ‘घोराही, बुटवलमा माग अनुसार पठाउने गरेका छौँ। दैनिक ५० किलोसम्म बिक्री हुने गरेको छ । ग्राहक फममै आउने र आउन नसकेकाको लागि डेलिभरी गरिदिने गरेको छौं।’

मंसिरमा रोपेको बिरुवाले वैशाखसम्म फल दिने आशा गरेको उनले सुनाए। दाङको हावा पानीमा स्ट्रबारी राम्रो उत्पादन हुने उनको अनुभव छ।। अलिकति मेहनत गरेर पसिना बगाए स्वदेशमै केही गर्न सकिने उनी बताउँछन्।