अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भोलिदेखि, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

बिजमाण्डू
२०८० चैत्र १५ गते २२:१६ | Mar 28, 2024
अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भोलिदेखि, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
फाइल फोटो

काठमाडौ| अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला -२०२४ भोलिदेखि सुरु हुँदैछ। उद्यमी महिलाहरुको साझा संस्था महिला उद्यमी महासंघ नेपाल (एफवीन) ले आयोजना गरेको मेला प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन्। 

Tata
GBIME
Nepal Life

उद्यमी महिलाहरुद्धारा उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन र निर्यात सहरीकरणका लागि हुने लागेको मेलाको यो सातौं संस्करण हो। महासंघले उद्यमी महिलाको क्षेत्रमा एड्भोकेसी, बिजनेस डेभलपमेन्ट, क्यापसिटी बिल्डिङ र नेटवर्किङमा केन्द्रित रहेर काम गर्दै आएको छ।

मेलाबाट उद्यमी महिलालाई व्यापार विस्तारको लागि पहुँच विस्तारमा मद्दत मिल्ने संघकी अध्यक्ष शोभा ज्ञवालीले बताइन्।

ज्ञवालीले भनिन्, ‘उद्यमी महिला आफैंले अन्य स्रोतबाट सिकेर होस् या महासंघले सिकाएर, उद्यम व्यापार त गरिरहनुभएको छ। तर, मेलामा आफूजस्तै उद्यम गरेकाहरूले के कसरी गरेका छन्, आफू कहाँ चुकेको छु, थप राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरा साथीहरूको हेरेर पनि सिक्ने मौका पनि मिल्छ।’

आर्थिक रूपमा कमजोर महिला उद्यमीलाई महासंघले मेलामा निःशुल्क स्टलको समेत व्यवस्था गरेको छ। सीएसआर फण्डबाट १२ स्टल निःशुल्क व्यवस्था गरिएको अध्यक्ष ज्ञवालीले बताइन्।

मेला शुक्रबारदेखि सुरु भएर चैत २० गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुनेछ। मेला अवलोकनका लागि शुल्क तोकिएको छैन।