नेपाल पर्यटन बोर्डको सदस्यमा ऋषिराम भण्डारी, राजेन्द्र लामा र रामप्रसाद सापकोटा मनोनीत

बिजमाण्डू
२०८० चैत्र १५ गते १९:०२ | Mar 28, 2024
नेपाल पर्यटन बोर्डको सदस्यमा ऋषिराम भण्डारी, राजेन्द्र लामा र रामप्रसाद सापकोटा मनोनीत

काठमाडौं। सरकारले नेपाल पर्यटन बोर्डको सदस्यमा तीन जनालाई मनोनित गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले पोखराका ऋषिराम भण्डारी, काभ्रेका राजेन्द्र बहादुर लामा र धादिङका रामप्रसाद सापकोटा मनोनित गरेको हो।

Tata
GBIME
Nepal Life

बोर्डमा सदस्यको तीन सदस्यको पद २ महिनादेखि रिक्त थियो। पर्यटन मन्त्रालय स्रोतका अनुसार तीनैजना सत्तारुढ माओवादी केन्द्र निकट हुन्।      

भण्डारी करिब तीन दशकयता पर्वतारोहण क्षेत्रमा संलग्न छन्। सापकोटा भने होटल व्यवसाय र माउन्टेन डिलाइट ट्रेकिङ कम्पनीमा आवद्ध छन्। काभ्रेका लामा अढाइ दशकयता ट्रेकिङ क्षेत्रमा आवद्ध छन्।