धादिङमा निर्माण व्यवसायीमाथि खुकुरी प्रहारको महासंघले गर्‍यो विरोध, ‘सुरक्षाको प्रत्याभूति दिलाऊ’

बिजमाण्डू
२०८० चैत्र १४ गते १६:५६ | Mar 27, 2024
धादिङमा निर्माण व्यवसायीमाथि खुकुरी प्रहारको महासंघले गर्‍यो विरोध, ‘सुरक्षाको प्रत्याभूति दिलाऊ’

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ।

Tata
GBIME
Nepal Life

महासंघले व्यवसायीमाथि एक पछि अर्को गरी आक्रमण भइरहेको भन्दै सुरक्षाको पूर्ण प्रत्याभूति गराउन माग गरेको हो।

धादिङको सिद्धलेक गाउँपालिकामा बरबोटे-भट्टराईडाँडा चौतारा सडक निर्माणका क्रममा चैत ८ गते बाराही निर्माण सेवाका तोरणकुमार लामालाई स्थानीय पृथ्वी गुरुङ र राजीव गुरुङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउको भन्दै महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ।

निर्माण व्यवसायीको सुरक्षालाई लिएर सरोकारवाला निकायको बारम्बार ध्यानाकर्षण गराउँदा पनि आक्रमण नरोकिएको महासंघको गुनासो छ।

‘व्यवसायीमाथिको आक्रमण बन्द नभएमा पेशागत सुरक्षार्थ महासंघ सशक्त कदम चाल्न बाध्य हुने व्यहोरा समेत अवगत गराइन्छ,’ विज्ञप्‍तिमा भनिएको छ।