वुलिङको नयाँ बिक्रेतामा पारामाउन्ट मोटर्स पनि, पहिलो मोडल बिंगो ल्याउँदै 

बिजमाण्डू
२०८० चैत्र १४ गते ०९:५४ | Mar 27, 2024
वुलिङको नयाँ बिक्रेतामा पारामाउन्ट मोटर्स पनि, पहिलो मोडल बिंगो ल्याउँदै 

काठमाडौं। बज्र ग्रुप अन्तर्गतको इभी नेपाल मोटर्सले विक्रि गर्दै आएको वुलिङ ब्रान्डको बिक्रेतामा पारामाउन्ट मोटर्स पनि थपिएको छ। पारामाउन्ट नेपालमा एमजीका गाडी बिक्री गर्दै आएको कम्पनी हो।

Tata
GBIME
Nepal Life

बज्र ग्रुपले २०७९ मंसिरदेखि वुलिङका गाडी नेपाली बजारमा इन्डोनेसियाबाट ल्याएर बिक्री गर्दै आएको थियो। वुलिङ एयर इभीको एक वर्षभन्दा धेरै समयमा लगभग ३० युनिट गाडी मात्र बिक्री गर्न सफल भएको थियो।

यसको स्थानमा एमजीले कोमेट इभी सस्तो मूल्यमा ल्याएपछि वुलिङ इभी बिक्री गर्न बज्र ग्रूपलाई समस्या परेको थियो। तर अब भने वुलिङको गाडीहरु नेपाली बजारमा पारामाउन्टले पनि बिक्री गर्ने भएको छ। 

वुलिङ एयर इभी बज्र ग्रूपले नै बिक्री गर्ने छ। एमजीसँग कोमेट इभी भएकाले बिंगो जस्तै अन्य एसयुभीहरु भने पारामाउन्टले बिक्री गर्नेछ।

कम्पनीले पहिलो मोडलका रुपमा बिंगो कार ल्याउने तयारी समेत पूरा गरिसकेको छ। पारामाउन्ट मोटर्सले बुधबार यसको म्याक्सिमम रिटेल प्राइस (एमआरपी) मूल्य सार्वजनिक गरेको छ। कुनै पनि नयाँ सामान तथा सवारी नेपाल ल्याउनभन्दा अगाडि बिक्रेताहरुले एमआरपी मूल्य तोक्नु पर्ने प्रावधान छ। 

नेपालका लागि बिंगोको एमआरपी मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो गाडी इन्डोनेसियाबाट नेपाल ल्याउन लागिएको हो।

यसमा ५० किलोवाट क्षमताको मोटर पावर उपलब्ध छ। साथै दुई वटा ब्याट्री प्याक उपलब्ध छ। जसमा ३७.९ किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ४१० किलोमिटर दूरी पार गर्न सकिन्छ।

अर्को ३१.९ किलोवाट आवर ब्याट्रीले फुल चार्जमा ३३३ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। कम्पनीले यसलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सक्ने जनाएको छ।

यसमा एक्स शेप्डको एलईडी ल्याम्प, इजी होम चार्जिङ, इलेक्ट्रिक एडजस्टेबल मिरर र क्लासी एक्सटियर डिजाइन छ। कम्पनीले यसलाई ३९५० एमएम लम्बाई, १७०८ एमएम चौडाई र १५८० एमएम उचाईमा ल्याएको छ। 

फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ४ एयरब्याग, इलेक्ट्रोनिक्स भेहिकल स्टेविलिटी सिस्टम, अटोमेटीक पार्किङ, हिल स्टार्ट एसिस्ट जस्ता सेफ्टी फिचर उपलब्ध छन्। यसले सिट्रोन इभी र नेटा भीसँग प्रतिस्पर्धा गर्नेछ। मोटर पावरदेखि अन्य डाइमेन्सनहरु उस्तै छन्।