सुनचाँदी बजारः सुन प्रति तोला ३ सय घट्यो, चाँदीमा १० रुपैयाँको गिरावट  

बिजमाण्डू
२०८० चैत्र १३ गते ११:१६ | Mar 26, 2024
सुनचाँदी बजारः सुन प्रति तोला ३ सय घट्यो, चाँदीमा १० रुपैयाँको गिरावट  

काठमाडौं। लगातार उच्च भएको सुनचाँदीको मूल्यमा मंगलबार सामान्य गिरावट छ। सुन तोलामा ३ सय घटेको छ भने चाँदीमा १० रुपैयाँ सस्तिएको छ।

Tata
GBIME
Nepal Life

सुनको कारोबार मूल्य प्रति तोला १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। लगातार उच्च बनेको सुनचाँदीको मूल्य फराकिलो अन्तरले घट्न सकेको छैन।

गत आइतबारका तुलनामा २ सयको बढोत्तरीसँगै सोमबार तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको थियो। चैत १ मा तोलाको १ लाख २५ हजार ८ सय रुपैयाँ थियो भने गत बिहीबार १ लाख २७ हजार ८ सय पुगेको थियो।

मंगलबार चाँदी तोलाको १५ सय ५ रुपैयाँ भएको छ। सोमबार कारोबार मूल्य १५ सय १५ रुपैयाँ पुगेको थियो। यसअघि गत बिहीबार १५ सय ५५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस २१७२.०८ डलरले कारोबार भइरहेको छ। सोमबार प्रति औंस २१६९.५५ डलर थियो। चाँदी प्रति औंस २४.६४ डलर छ। सोमबार २४.६५ डलर थियो।