फिनल्याण्ड विश्वकै खुसी देश, नेपाल ९३ औं स्थानमा पर्दा कुन देश कति खुसी ?

बिजमाण्डू
२०८० चैत्र ७ गते १३:०१ | Mar 20, 2024
फिनल्याण्ड विश्वकै खुसी देश, नेपाल ९३ औं स्थानमा पर्दा कुन देश कति खुसी ?

वर्ल्ड ह्यापिनेस रिपोर्ट सार्वजनिक भएको छ। यो वर्ष पनि फिनल्याण्ड विश्वको सबैभन्दा खुसी देश बनेको छ।

Tata
GBIME
Nepal Life

लगातार सात वर्षदेखि फिनल्याण्ड विश्वको सबैभन्दा खुसी देशको सूचीको पहिलो स्थानमा पर्न सफल भएको छ।

खुसी देशको सूचीको दोस्रो नम्बरमा डेनमार्क रहेको छ भने तेस्रोमा आइसल्याण्ड र चौथोमा स्विडेन रहेको छ।

प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको इजरायल विश्वको खुसी देशको सूचीमा पाचौं स्थानमा छ। छैटौंमा नेदरल्याण्ड्स, सातौंमा नर्वे, आठौंमा लक्जमबर्ग, नवौंमा स्वटिजरल्याण्ड र दशौंमा अस्ट्रेलिया रहेको छ।

सूचीको पुछारमा एसियाली देश अफगानिस्तान छ। लेबनन, लेसेथो, सेरा लिओन र कंगो पनि पुछारमा छन्।

रिपोर्ट अनुसार नेपाल सुचीको ९३ औं स्थानमा छ। छिमेकी देश चीन ६० औं स्थानमा छ।

दक्षिण एसियाली देशमा पाकिस्तान भने भारतमाथि सूचीमा माथि छ। भारत १२६ औं स्थानमा छ। पाकिस्तान १०८ औं स्थानमा छ। श्रीलंका १२८ औं र बंगलादेश १२९ औं स्थानमा छ। भुटान र माल्दिभ्स सूचीमा छैनन्।

कुन देश कति खुसी ? हेर्नुस् सूची