हिमालयन रि इन्स्योरेन्सले रेटिङमा मार्‍यो छलाङ, एएम बेस्टबाट पायो बी प्लस

बिजमाण्डू
२०८० माघ ११ गते १३:२० | Jan 25, 2024
हिमालयन रि इन्स्योरेन्सले रेटिङमा मार्‍यो छलाङ, एएम बेस्टबाट पायो बी प्लस
हिमालयन रि इन्स्योरेन्स

काठमाडौं। हिमालयन रि इन्स्योरेन्सले विश्‍व विख्यात रेटिङ एजेन्सी एएम बेस्टबाट बी प्लस रेटिङ पाएको छ। हिमालयन रि एएम बेस्टबाट रेटिङ गराउने नेपालकै पहिलो कम्पनी हो। कम्पनीले यसअघि बी रेटिङ पाएको थियो।

Tata
GBIME
Nepal Life

बी बाट दोस्रो वर्षमै बी प्लस रेटिङ पाउनुलाई कम्पनीले आफ्नो ऐतिहासिक सफलता भनेको छ। ‘एएम बेस्टबाट रेटिङ गराएको दोश्रो वर्षमै रेटिङ बी बाट बी प्लसमा स्तरोन्नति गराउन सक्नुलाई अन्यन्तै ठूलो उपलब्धिका रुपमा लिन सकिन्छ,’ कम्पनीका कार्यकारी निर्देशक दीपक कुमार श्रेष्ठले बिहिबार जारी गरेको नोटमा भनिएको छ।

बी प्लस रेटिङले कम्पनीको वासलात अत्यन्तै सबल रहेको जनाउँछ।

बी प्लस रेटिङ पाएसँगै दक्षिणपूर्व एसिया, मध्यपूर्व, अफ्रिका तथा युरोपमा पुनर्बीमा व्यवसाय गर्न ढोका खुला भएको कम्पनीले जनाएको छ। यसबाट आफ्नो अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसायमा उल्लेख्य वृद्धि हुने कम्पनीको विश्‍वास छ।

कार्यकारी निर्देशक श्रेष्ठको नोट अनुसार कम्पनीले ३१ देशमा व्यवसाय विस्तार गरिसकेको छ।