स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागूपछि बोर्डले घटायो टिकट शुल्क

बिजमाण्डू
२०८० माघ ४ गते १४:५० | Jan 18, 2024
स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागूपछि बोर्डले घटायो टिकट शुल्क

काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गरिएपछि स्वास्थ्य बीमा बोर्डले ओपीडी र इमर्जेन्सीको टिकट शुल्क घटाएको छ।

Tata
GBIME
Nepal Life

बोर्डले ८ माघदेखि लागू हुने गरी ओपीडीमा ५० र इमर्जेन्सीमा १०० रुपैयाँ टिकट शुल्क कायम गरेको हो। यसअघि स्वास्थ्य बीमा सुविधा थैलीमा ओपीडीको २०० र इमर्जेन्सीको ४०० रुपैयाँ टिकट शुल्क थियो ।

स्वास्थ्य बीमामा सहभुक्तानी प्रणाली माघ १ गतेदेखि लागू गरिएको छ। उपचार रकमको १० प्रतिशत रकम बीमित आफैंले तिर्ने भएपछि बोर्डले टिकट शुल्क घटाएको हो।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएपछि सेवा पाउन तीन महिना पूरा भएको हुनुपर्ने व्यवस्था परिवर्तन गरी २ महिना कायम गरेको छ।