कीर्तिमानी आरोही हरिला र शेर्पा पाकिस्तानबाट फर्किए नेपाल, विमानस्थलमा भव्य स्वागत

बिजमाण्डू
२०८० साउन २० गते १२:४० | Aug 5, 2023
कीर्तिमानी आरोही हरिला र शेर्पा पाकिस्तानबाट फर्किए नेपाल, विमानस्थलमा भव्य स्वागत
कीर्तिमानी आरोही तेन्जिङ शेर्पा र क्रिस्टिन हरिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौं। विश्वका ८ हजारभन्दा १४ अग्ला हिमाल ९२ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका २ पर्वतारोहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जिङ शेर्पा (लामा)ले पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो केटु हिमाल साउन ११ गते आरोहण गरेका थिए।

Tata
GBIME
Nepal Life

आरोहण सकेर शनिबार नेपाल आएका हरिला र शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी लगायतले स्वागत गरे।

स्वागतका लागि मन्त्रालय र विभागका अधिकारीका साथै पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारी र आरोही पनि विमानस्थलमा पुगेका थिए। पर्यटन व्यवसायीले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागत गरेका थिए।

हरिला र शेर्पाले यसअघि सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चोयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१ र ब्रोडपिक हिमाल आरोहण गरेका थिए। हरिलाले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल दोस्रोपटक आरोहण गरेकी हुन्। उनले यसअघि १ वर्ष ५ दिनमा १४ हिमाल आरोहण गरेकी थिइन्।

यसअघि सबैभन्दा छिटो १४ हिमाल आरोहण गर्ने कीर्तिमान निर्मल पुर्जाको नाममा थियो। उनले सन् २०१९ मा १४ वटा हिमाल ६ महिनामा आरोहण गरेका थिए।