कीर्तिमानी आरोही निम्स दाइ हेलिकोप्टर व्यवसायमा, मुस्ताङमा ५३ प्रतिशत सेयर स्वामित्व

बिजमाण्डू
२०८१ बैशाख ३१ गते १३:१५ | May 13, 2024
कीर्तिमानी आरोही निम्स दाइ हेलिकोप्टर व्यवसायमा, मुस्ताङमा ५३ प्रतिशत सेयर स्वामित्व

काठमाडौं। कीर्तिमानी आरोही निर्मल पुर्जा मगर ‘निम्स दाइ’ हेलिकोप्टर व्यवसायमा प्रवेश गरेका छन्। उनी मुस्ताङ हेलिकोप्टरमा ५३ प्रतिशत सेयर स्वामित्वसहित भित्रिएका हुन्।

Tata
GBIME

मुस्ताङ हेलिकोप्टर तीन वर्षदेखि सञ्चालनमा छ। उक्त कम्पनीमा यसअघि रोनन भनिने इश्वर लामिछानेको एकल स्वामित्व थियो।

‘मुस्ताङ हेलिकोप्टरमा नयाँ साझेदारका रुपमा ‘निम्स दाइ’ भित्रिएको जानकारी आएको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले बिजमाण्डूसँग भने।

नयाँ साझेदार भित्रिएसँगै व्यवसाय लयमा फरु्किने कम्पनीको विश्वास छ। एक वर्षयता कम्पनी आर्थिक संकटबाट गुज्रिरहेको थियो।

कम्पनीसँग हाल दुईवटा हेलिकोप्टर छन्। नयाँ साझेदार भित्रिएसँगै यही वर्षभित्र एउटा हेलिकोप्टर थप्ने कम्पनीको योजना छ। 

प्राधिकरणले पाँच वर्षभित्र हेलिकोप्टर ५ वटा पुर्‍याउनुपर्ने नयाँ मापदण्ड बनाएका कारण पनि कम्पनीले संख्या बढाउने योजना बनाएको हो।

आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल पटकपटक आरोहण गरेकाका निम्स दाइले ठमेलमा ट्रेकिङ तथा एक्सपिडिसन गियर बिक्री गर्दै आएका छन्।