BIZMANDU
www.bizmandu.com

कीर्तिमानी आरोही हरिला र शेर्पा पाकिस्तानबाट फर्किए नेपाल, विमानस्थलमा भव्य स्वागत

२०८० साउन २०

कीर्तिमानी आरोही हरिला र शेर्पा पाकिस्तानबाट फर्किए नेपाल, विमानस्थलमा भव्य स्वागत
A Female Norwegian climber Kristin Harila gestures upon her arrival at Tribhuvan International Airport after Completing her 14 Peaks challenge and beat Nirmal Purja record and set a new True Summit World Record, as the fastest person to summit all 14 peaks, along with Tenjin (Lama) Sherpa in a total of 3 months, 20 hours and 45 minutes in Kathmandu, Nepal on Saturday, August 04, 2023. #2023 Summits 1/14 Shishapangma 26/04/2023 2/14 Cho Oyu 03/05/2023 3/14 Makalu 13/05/2023 4/14 Kanchenjunga 18/05/2023 5/14 Everest 23/05/2023 6/14 Lhotse 23/05/2023 7/14 Dhaulagiri 29/05/2023 8/14 Annapurna 05/06/2023 9/14 Manaslu 10/06/2023 10/14 Nanga Parbat 26/06/2023 11/14 Gasherbrum II 15/07/2023 12/14 Gasherbrum I 18/07/2023 13/14 Broad Peak 23/07/2023 14/14 K2 27/07/2023 Photo- Prabin Ranabhat . . . #climbing #climber #mountain #mountainer #kristinharila #14peaks #femaleclimbers #nepal #kathmandu #prabinranabhat #photojournalism #photojournalist #photojournalistnepal @kristin.harila

काठमाडौं। विश्वका ८ हजारभन्दा १४ अग्ला हिमाल ९२ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका २ पर्वतारोहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जिङ शेर्पा (लामा)ले पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो केटु हिमाल साउन ११ गते आरोहण गरेका थिए।

Tata
GBIME
Nepal Life

आरोहण सकेर शनिबार नेपाल आएका हरिला र शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी लगायतले स्वागत गरे।

स्वागतका लागि मन्त्रालय र विभागका अधिकारीका साथै पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारी र आरोही पनि विमानस्थलमा पुगेका थिए। पर्यटन व्यवसायीले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागत गरेका थिए।

हरिला र शेर्पाले यसअघि सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चोयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१ र ब्रोडपिक हिमाल आरोहण गरेका थिए। हरिलाले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल दोस्रोपटक आरोहण गरेकी हुन्। उनले यसअघि १ वर्ष ५ दिनमा १४ हिमाल आरोहण गरेकी थिइन्।

यसअघि सबैभन्दा छिटो १४ हिमाल आरोहण गर्ने कीर्तिमान निर्मल पुर्जाको नाममा थियो। उनले सन् २०१९ मा १४ वटा हिमाल ६ महिनामा आरोहण गरेका थिए।