बाराहीको सेयर सर्वसाधारणलाई मंसिर २१ बाट, आयोजना प्रभावितलाई छुट्याइएको सबै सेयर बिक्री भएन

बिजमाण्डू
२०७९ मंसिर १३ गते ०९:०९ | Nov 29, 2022

काठमाडौं। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। आयोजना प्रभावितलाई छुट्याए पनि बिक्री नभएको १ लाख ४ हजार कित्तासहित ५ लाख ५४ हजार कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो।

Tata
GBIME
Nepal Life

यसमध्ये २७ हजार ७०० सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता कर्मचारीलाई छुट्याइएको छ। सर्वसाधारणको भागमा ५ लाख १५ हजार २२९ कित्ता सेयर छुट्याएको छ। 

कम्पनीले मंसिर २१ देखि मंसिर २६ गतेसम्म सेयर जारी गर्ने भएको छ।

कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ। 

आयोजनाको प्रति मेगावाट लागत २० करोड ८१ लाख रुपैयाँ अनुमान गरिएको छ।