ग्लोबल आइएमई बैंकको डेबिट कार्डमा आफ्नै डिजाइन राख्न सकिने, वेबसाइटबाटै डिजाइन छान्न मिल्ने

बिजमाण्डू
२०७९ असार ९ गते १२:२५ | Jun 23, 2022
ग्लोबल आइएमई बैंकको डेबिट कार्डमा आफ्नै डिजाइन राख्न सकिने, वेबसाइटबाटै डिजाइन छान्न मिल्ने


काठमाडौं। ग्लोबल आइएमई बैंकले ग्राहकहरुले छान्ने आफ्नै डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ।

Tata
GBIME
Nepal Life

बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना अन्तर्गत यो सुविधा ल्याएको जनाएको छ। ग्लोबल आइएमई आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था भएको छ। 

योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्ने बताइएको छ।

कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफुलाई मनपर्ने डिजाइन छनोट गर्न सक्ने बैंकले जनाएको छ। ग्राहकहरुसँग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरु समेत उपलब्ध हुने बताइएको छ। 

नवीनतम प्रविधिहरुको प्रयोग गर्दै बैंकले समय सापेक्ष रुपमा ग्राहकहरुलाई लाभान्वित गर्दै आएको जनाएको छ।