सुर्खेत विमानस्थल मर्मतका लागि २५ दिन बन्द गरिँदै, बुद्धले थप्यो नेपालगञ्ज-सुर्खेत उडान

बिजमाण्डू
२०७८ मंसिर ४ गते १०:२८ | Nov 20, 2021
सुर्खेत विमानस्थल मर्मतका लागि २५ दिन बन्द गरिँदै, बुद्धले थप्यो नेपालगञ्ज-सुर्खेत उडान

काठमाडौं। सुर्खेत विमानस्थल २५ दिनका लागि बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग ओभर-ले गर्न लागिएकाले उक्त अवधिभर नियमित उडान बन्द हुने नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मुराहरी भण्डारीले बताए।

Tata
GBIME
Nepal Life

उनका अनुसार मंसिर १० देखि पुस ५ गतेसम्म नियमित उडान बन्द गरिने छ। 'यो नियमित प्रक्रिया हो। समय समयमा हामीले सुर्खेत मात्र नभइ आन्तरिकतर्फका विभिन्न विमानस्थलको नियमित मर्मत सम्भार गर्दै आएका छौं,' उनले भने, 'ओभर-लेको काम २५ दिनभित्र सकाउने योजना छ।' 

विसं. २०२३ सालमा स्थापना भएको यो विमानस्थलको धावनमार्गको लम्बाई १२ सय ५५ मिटर छ भने चौडाइ ३० मिटर छ। यो विमानस्थलमा एटीआर-४२ सिरिजको जहाजले उडान-अवतरण गर्दै आएको छ।

यो विमानस्थलमा निजी वायुसेवा कम्पनी बुद्ध एयरले नियमित उडान गर्दै आएको छ। यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै बुद्धले नेपालगञ्ज-वीरेन्द्रनगरका लागि थप एउटा उडानसहित दैनिक ६ उडान गर्ने जनाएको छ।