काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सकिएको छ। साधारणसभाले कम्पनीका अध्यक्ष आत्मराम घिमिरेबाट प्रस्तुत भएको वार्षिक प्रतिवेदन पारित गर्यो।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ।
साधारणसभामा संचालक सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेशबहादुर मल्ल र प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल सहभागी थिए। २०६४ सालमा दर्ता भएको यस कम्पनीले २०७४ मंसिर २८ गतेदेखि बीमा व्यवसाय कारोबार सुरु गरेको थियो।