नक्कली लाइसेन्स प्रकरणमा शाखा अधिकृतसहित तीन पक्राउ, थप कर्मचारीमाथि अनुसन्धान

बिजमाण्डू
२०८१ बैशाख १७ गते १०:३६ | Apr 29, 2024
नक्कली लाइसेन्स प्रकरणमा शाखा अधिकृतसहित तीन पक्राउ, थप कर्मचारीमाथि अनुसन्धान

काठमाडौं। नक्कली सवारी परिचयपत्र (लाइसेन्स) प्रकरणमा प्रहरीले शाखा अधिकृत सहित तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले शनिबारदेखि कर्मचारीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

Tata
GBIME
Nepal Life

त्यसै क्रममा यातायात व्यवस्था कार्यालय, बुटवलका शाखा अधिकृत नारायण पाण्डेलाई पक्राउ गरेको छ। शनिबार प्रहरीले विभागका  कम्युटर इन्जिनियर हरिश भट्टराईलाई नियन्त्रणमा लिएको थियो। उनी करारका कर्मचारी हुन्।

त्यस्तै अन्य एक जना कर्मचारीलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘अहिलेसम्म तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ सीआइबी स्रोतले भन्यो।

नक्कली लाइसेन्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा विभागको जिम्मेबारी सम्हालेका १० जना महानिर्देशकसमेत अनुसन्धानको घेरामा छन्।