BIZMANDU
www.bizmandu.com

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो साधारणसभा, वार्षिक प्रतिवेदन पारित

२०७७ असोज २९

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो साधारणसभा, वार्षिक प्रतिवेदन पारित
प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो साधारणसभा, वार्षिक प्रतिवेदन पारित

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सकिएको  छ। साधारणसभाले कम्पनीका अध्यक्ष आत्मराम घिमिरेबाट प्रस्तुत भएको वार्षिक प्रतिवेदन पारित गर्‍यो।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ।

साधारणसभामा संचालक सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेशबहादुर मल्ल र प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल सहभागी थिए। २०६४ सालमा दर्ता भएको यस कम्पनीले २०७४ मंसिर २८ गतेदेखि बीमा व्यवसाय कारोबार सुरु गरेको थियो।