राष्ट्रिय वाणिज्य बैंक र एफएनसीएसआईबीच सम्झौंता, साना उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

बिजमाण्डू
२०७६ असार २६ गते १५:५९ | Jul 11, 2019
राष्ट्रिय वाणिज्य बैंक र एफएनसीएसआईबीच सम्झौंता, साना उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

Tata
GBIME
Nepal Life

काठमाडौं।राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले हस्ताक्षर गरे। सम्झौतापछि महासंघको सिफारिसमा बैंकले सहुलियत दरमा कर्जा लगानी गर्ने छ ।बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतापछि देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने बताए। श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताए।

महासंघका अध्यक्ष श्याम गिरीले बैंकसंगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुग्ने बताए।उनले महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिस बमोजिम लगानी भएको कर्जामा संस्थागत जमानत समेत रहने बताए।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृत केशवप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु, महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति सभापति बासुदेब गिरी, महासचिव डम्बरप्रसाद रेग्मी लगायत महासंघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।