अण्डाको मूल्य बढ्यो, २०० रुपैयाँ क्रेटको अण्डा २८० सम्म पुग्यो, पोहोरको भाउभन्दा कम




चितवन। कुखुराको अण्डाको मूल्य महँगिएको छ। तैपनि लागत मूल्य भने कृषकले पाउन सकेका छैनन्। प्रतिक्रेट २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य २८० रुपैयाँ पुगेको छ। 

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा १० रुपैयाँ पर्दछ। बढेको बिक्री मूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्दछ। हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ। यो सङ्ख्या ५५ लाख पुगेकोमा क्रमशः घट्दै आएको कँडेलको भनाइ छ। अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन्। यससँगै चर्को गर्मीका कारण उत्पादनमा कमी आएको छ।     
     
पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका थि । यसबाट अण्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ। सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले अण्डाको मागअनुसार आपूर्ति हुन कठिन भएकाले क्रमशः मूल्यवृद्धि हुँदै जाने अनुमान गरिएको बताए। 

Tata
Jagdamba Steel
Sanima Bank

तीन वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६० रुपैयाँ पुगेको थियो। गत एक वर्षयता भने खर्च नधान्ने गरी मूल्यमा गिरावट आएको कृषकको भनाइ छ।     
     
पोख्रेलका अनुसार नेपालमा सात हजार कृषकले कुखुरा पाल्ने गरेको तथ्याङ्क छ। जहाँ एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। लेयर्स कुखुरामा मात्र एक अर्बभन्दा बढी लगानी भएको पोखरेलको भनाइ छ। दानाको मूल्य र बैंकको ब्याज बढ्दै जाने र अण्डाको मूल्य घट्दै जाँदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेकोमा क्रमशः मूल्यवृद्धि हुन सकेमा टिक्नसक्ने उनले बताए। 


Share this Story

   

अण्डाको मूल्य बढ्यो, २०० रुपैयाँ क्रेटको अण्डा २८० सम्म पुग्यो, पोहोरको भाउभन्दा कम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell