ओलीको घोषणा पूरा गर्न त्रिशुली जलविद्युतले दियो निवेदन, ३७ लाख कित्ता अग्रिम शेयर आउने

बिजमाण्डू
२०७५ फागुन ३० गते १०:४३ | Mar 14, 2019
ओलीको घोषणा पूरा गर्न त्रिशुली जलविद्युतले दियो निवेदन, ३७ लाख कित्ता अग्रिम शेयर आउने


काठमाडौं। नेपालको पानी जनताको लगानी अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले ३७ लाख ५ हजार रुपैयाँको अग्रिम शेयर निष्काशन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री केपीशर्मा ओलीले चैत्र ४ गते शेयर खरिद घोषणा भएको यो कम्पनीले सार्वजनिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। शेयर निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ।  

कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ। यो आयोजनाले दोस्रो पटक सार्वजनिक शेयर निष्काशन नहुँदासम्म अग्रिम रुपमा गरिएको लगानीको प्रचलित व्याज रकम बराबरको बोनस शेयर दिनेछ।

त्यस्तै माउन्टेन इनर्जी नेपालले पनि ३९ करोड ३६ लाख रुपैयाँ बराबरको प्राथिमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ। यस कम्पनीले दुई वटा आयोजना निर्माण गरिरहेको छ। कम्पनीले प्राथमिक शेयर निष्काशन गर्नको लागि गरेको रेटिङ अनुसार 'केयर एनपि आइपिओ ग्रेड चार' प्राप्त गरेको छ। रेटिङ चारले मध्यम किसिमको सुरक्षाको संकेत गर्छ।

कम्पनीले ५ मेगावाट क्षमताको टाँडी खोला जलविद्युत आयोजना र ४२ मेगावाट क्षमताको मिस्त्री खोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ।
दुबै आयोजना निर्माणको लागि कम्पनीले ३९ करोड ३६ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले यसै शेयरबाट दुबै आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाको लागि पनि शेयर निष्काशन गर्ने योजना बनाएको भए पनि धितोपत्र बोर्डले सार्वजनिक गरेको छैन। सार्वजनिक शेयर निष्काशनका लागि कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक तोकेको छ।